मङ्लबार, अशोज २९, २०८१
  • होमपेज
  • पूर्वप्रधानमन्त्रीलाई देउवाको प्रतिप्रश्न : ३ वर्षअघि नै तयार भएको ईपीजी प्रतिवेदन किन नबुझेको ?
Breaking News

पूर्वप्रधानमन्त्रीलाई देउवाको प्रतिप्रश्न : ३ वर्षअघि नै तयार भएको ईपीजी प्रतिवेदन किन नबुझेको ?

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन ३ वर्षअघि नै तयार भएको भन्दै त्यतिबेला किन नबुझेको भनी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिप्रश्न गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री ओलीले एकपक्षीय रुपमै भए पनि ईपीजीको प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए ।
तर शनिबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा देउवाले ३ वर्षअघि नै तयार भएको प्रतिवेदन किन नबुझेको भनी ओलीलाई नै प्रतिप्रश्न गरे । ‘ईपीजीको प्रतिवेदन ३ वर्षअघि नै तयार भएको सबैलाई थाहा छ । उक्त प्रतिवेदन त्यतिबेला नै बुझ्नुपथ्र्यो किन बुझिएन ?’ उनले भने, ‘त्यसकारण उक्त प्रतिवेदन बुझ्ने वातावरण तयार पार्न नेपाल सरकार निरन्तर क्रियाशील छ ।’

प्रधानमन्त्री देउवाले कुटनीतिको विषयमा कदम चाल्दा पर्याप्त सावधानी अपनाउनुपर्ने पनि बताए । नेपाल र भारतबीच देखिएका समस्या समाधानका लागि गठन गरिएको प्रवुद्ध व्यक्ति समूहले ३ वर्षअघि नै प्रतिवेदन तयार पारेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार