बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • बैतडीका स्थानीय तहमा कांग्रेसले लगायो उम्‍मेदवारको टुंगो
Breaking News

बैतडीका स्थानीय तहमा कांग्रेसले लगायो उम्‍मेदवारको टुंगो

स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले पनि बैतडीका स्थानीय तहमा प्रमुख र उपप्रमुख पदका लागि उम्मेदवारको टुंगो लगाएको छ ।बैतडीका ४ ओटा नगरपालिकामा कांग्रेसको सुदूरपश्चिम प्रदेश संसदीय बोर्डले उम्मेदवारको टुंगो लगाएको हो । दशरथचन्द नगरपालिकाको मेयरमा गजेन्द्रसिंह रावल र उपमेयरमा कौशिला चन्द, पाटन नगरपालिकाको मेयरमा गौरसिंह रावल, मेलौली नगरपालिकाको मेयरमा प्रेमबहादुर चन्द र उपमेयरमा पार्वती बिष्टलाई उम्मेदवार बनाएको छ । पाटन नगरपालिकाको उपमेयर पदमा गठबन्धन दल माओवादीका नेताको उम्मेदवारी पर्ने छ ।

यस्तै पुर्चौंडी नगरपालिकाको मेयरमा दीपकबहादुर बमलाई उम्मेदवार बनाएको कांग्रेसले उपमेयरको भने टुंगो लगाउन सकेको छैन । गठबन्धन दलसँग छलफल जारी रहेकाले उपमेयर पदको टुंगो लाग्न बाँकी रहेको कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए । बैतडीका ६ गाउँपालिकामा पनि उम्मेदवार छनौट गरिएको छ । सुर्नया गाउँपालिकाको अध्यक्षमा गजेन्द्रबहादुर चन्द र उपाध्यक्षमा मञ्जु बोहरा, सिगास गाउँपालिकाको अध्यक्षमा हरिसिंह धामी र उपाध्यक्षमा सुमित्रा ऐर, शिवनाथ गाउँपालिकाको अध्यक्षमा कर्णसिंह साउँदलाई उम्मेदवार बनाएको छ । शिवनाथको उपाध्यक्ष भने गठबन्धन दलबाट माओवादी केन्द्रका नरेन्द्र साउँदलाई उम्मेदवार बनाइएको छ । यसैगरी पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा रमेशसिंह भण्डारी र दोगडाकेदार गाउँपालिकाको अध्यक्षमा देवराज जोशीलाई उम्मेदवार बनाएको छ । दोगडाकेदारमा ओवादी केन्द्रलाई उपाध्यक्ष पद दिइएको छ भने पञ्चेश्वरम नेकपा एकीकृत समाजवादीलाई दिइएको छ । यस्तै डिलाशैनी गाउँपालिकाको उपाध्यक्ष पदका लागि भगीरथ बोहरालाई उम्मेदवार बनाइएको छ। यहाँ अध्यक्ष पदको उम्मेदवार भने गठबन्धन दल माओवादीलाई दिइएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार