बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • गडरायमा यसकारण मेरो उम्मेदवारी !
राजनीति

गडरायमा यसकारण मेरो उम्मेदवारी !

रमानन्द जोशी

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अहिले मुलुक नै चुनावी माहोलमा प्रवेश गरेको छ । चुनावी सरगर्मी बढेसँगै आकांक्षीहरु पनि नेतृत्वका लागि लबिङ गरिरहेका छन् । यसै सन्दर्भमा मैले पनि लामो समयदेखि राजनीतिमा आवद्ध रहँदा आफ्नो वडालाई नयाँ ढंगबाट कसरी विकास गर्न सकिन्छ भनेर पहिलेदेखि नै अध्ययन गर्दै आएको छुृ ।

नेपाली कांग्रेस पार्टीमा आवद्ध भएको समयदेखि नै यस क्षेत्रको विकासका लागि विभिन्न माध्यमबाट अघिल्लो नेतृत्व तथा त्यसअघिका सबै निकायलाई पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्दै आएको यहाँका बासिन्दालाई अवगत नै छ । त्यसलाई थप बढवा दिनका लागि पनि यसपटक खप्तडछान्ना–७ को नेतृत्वका लागि सबै साथीहरुबाट सहयोगको अपेक्षा गरेको छु ।

गडराय बनाउनका लागि मेरो पहिलो प्रयास शिक्षा, स्वास्थ्य, पर्यटन तथा कृषिमा जोड रहनेछ । विद्यालयहरुमा गुणस्तरीय शिक्षा, पर्यटकीय क्षेत्रहरूमा पिकनिक स्पोर्ट जोन, कृषि र पशुपालनमा जोड नै मेरो पहिलो प्रयास रहनेछ ।

सामाजिक न्यायका लागि स्थानीयको व्यक्तित्व विकास तथा नागरिकको चेतना अभिवृद्धि गर्न नै विद्यालयहरुमा गुणस्तरीय शिक्षा लागू हुनुपर्ने मेरो बुझाई छ । त्यसका लागि वडामा भएका सम्पूर्ण विद्यालयको प्रवर्द्धन तथा गुणस्तरीय शिक्षाका लागि सक्दो प्रयास गर्ने अठोट लिएको छु ।

वडा विकासका लागि विभिन्न सहकारीमा लगानीको वातावरण सिर्जना गरेर त्यसबाट उद्योग निर्माण गर्न सकिने स्थानीयबाटै हामीले सुझाव लिएका छौं । पर्यटनलाई प्रवर्द्धन गर्न वडा नम्बर ७ मा दुगाडाको मन्दिर व्यवस्थित, गुरयल झरनामा जान पदमार्ग निर्माण, कोरकाटियाबाट पदमार्ग बनाएर झरनामा निरीक्षण गर्न सकिने, रामजानकी मन्दिरलाई व्यवस्थित गरेर पर्यटक वृद्धि गर्ने, द्वारकाडा मष्टा मन्दिरमा गडरायका बजारबाट पदमार्ग, तीन ठाउँमा गोरखाली जाने कलभर्ट पुल बनाउने, कृषि आधुनिककरण, तरकारी जोन, युवालाई स्वावलम्बन गराउन युवा स्वरोजगारको अवधारणालगायतका सुझावहरु मलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा त्यहाँका स्थानीयले दिएका छन् ।

उहाँहरुको चाहाना, आवश्यकताअनुसार नै यसपटक मैले खप्तडछान्ना गाउँपालिका–७ को नेतृत्वका लागि पछि हट्न सकिन । मेरो चुनाव जित्ने आधार नै स्थानीहरू हुन् । जय नेपाल !

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार