बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • कांग्रेसबाट साइपालमा उज्ज्वल बोहरा र मष्टामा ज्ञानबहादुर बोहरा उम्मेदवार
Breaking News

कांग्रेसबाट साइपालमा उज्ज्वल बोहरा र मष्टामा ज्ञानबहादुर बोहरा उम्मेदवार

बझाङ । बझाङमा नेपाली कांग्रेसले साइपाल गाउँपालिका र मष्टा गाउँपालिकामा उम्मेदवारको टुंगो लगाएको छ । ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट कांग्रेसको भागमा परेका ७ स्थानीय तहमध्ये २ को टुंगो लगाएको हो ।

नेपाली कांग्रेस बझाङका प्रवक्ता रमानन्द जोशीका अनुसार पार्टीले साइपाल गाउँपालिकाको अध्यक्ष पदका लागि उज्ज्वल बोहरा र मष्टा गाउँपालिकाको अध्यक्षका लागि ज्ञानबहादुर बोहरालाई उम्मेदवार बनाएको हो ।

गठबन्धनबाट कांग्रेसको भागमा परेका बाँकी जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका, खप्तडछान्ना, वित्थडचिर र सुर्मा गाउँपालिकामा भने उम्मेदवारको टुंगो लागेको छैन ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार