बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुको कमाई कति ?
अर्थ

तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुको कमाई कति ?

काठमाडौं । वाणिज्य बैंकहरूको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएको छ । चालू आवको चैत मसान्तसम्म २७ वाणिज्य बैंकहरुले खुद नाफा ०।५४ प्रतिशत अर्थात् ५१ अर्ब १ करोड ७८ लाख ११ हजार रुपैयाँ खुद नाफा बढाएका हुन् ।

गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको खुद नाफा ५० अर्ब ७४ करोड २५ लाख ६ हजार रुपैयाँ थियो । गत वर्षको तुलनामा चालू आवको चैतसम्ममा वाणिज्य बैंकहरुले १ अर्ब ८८ करोड नाफा आर्जन गरेका हुन् ।

वाणिज्य बैंकहरूको वित्तीय विवरणअनुसार यस अवधिमा सबैभन्दा धेरै ग्लोबल आएमई बैंकले नाफा आर्जन गरेको छ । चालू आवको चैत मसान्तसम्म ग्लोबल आइएमईले ३ अर्ब ७२ करोड रुपैयाँ नाफा आर्जन गरेको हो । ग्लोबलपछि सबैभन्दा बढी नाफा कमाउने बैंक रहेको छ एनआइसी एसिया । सो बैंकले यस अवधीमा ३ अर्ब ६० करोड रुपैयाँ नाफा आर्जन गरेको हो ।

गत वर्षको तुलनामा सबैभन्दा आक्रमक देखिएको सेञ्चुरी बैंक छ । सेञ्चुरी बैंक गत वर्षको तुलनामा १८३.५९ प्रतिशत नाफा बढाएको हो । गत वर्ष ३५ करोड ८१ लाख ५० हजार नाफा आर्जन गरेको बैंकले चालू आवको सोही अवधीमा १ अर्ब १ करोड ५६ लाख ८३ हजार रूपैयाँ नाफा आर्जन गरेको हो ।

सिभिल बैंकले पनि गत वर्षको तुलनामा ७९.९१ प्रतिशत नाफा कमाएको हो । गत वर्षको ५० करोड २५ लाख ५५ हजार रूपैयाँ नाफा कमाएकोमा चालू आवको चैत मसान्तसम्म ९० करोड ४१ लाख २३ हजार रुपैयाँ नाफा आर्जन गरेको हो ।

सबैभन्दा कम नाफा कमाउने लक्ष्मी बैंक

२७ वाणिज्य बैंकहरूमध्ये सबैभन्दा कम नाफा आर्जन गर्ने बैंकको सूचीमा रहेको छ, लक्ष्मी बैंक । गत आर्थिक वर्षको तुलनामा लक्ष्मी बैंकले यस वर्ष ३३.३१ प्रतिशतले नाफा घटाएको छ । गत वर्ष १ अर्ब २८ करोड ८० लाख ८४ हजार रूपैयाँ नाफा आर्जन गरेको लक्ष्मी बैंकले यस वर्ष ८५ करोड ८९ लाख ६७ हजार रूपैयाँमा झरेको छ ।

दोस्रो सबैभन्दा बढी घाटा व्यहोर्ने वाणिज्य बैंक हो नेपाल बंगलादेश बैंक । सो बैंकले गत वर्षको तुलनामा ३२.१८ प्रतिशतले नाफा घटाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा १ अर्ब ६३ करोड ८४ लाख ९ हजार रूपैयाँ नाफा आर्जन गरेको बैंकले चालू आवको चैत मसान्तसम्म १ अर्ब ११ करोड ११ लाख ३७ हजारमा सिमित रहेको छ ।

११ बैंक माइनसमा

चालू आवको तेस्रो त्रैमासिक विवरणअनुसार २७ वाणिज्य बैंकहरुमध्ये ११ वटा वाणिज्य बैंकहरू गत आवको तुलनामा माइनसमा गएका छन् । नविल बैंकसहित ११ बैंकहरू माइनसमा गएका हुन् ।

समिक्षाअनुसार नविल बैंकको नाफा ८.९१ प्रतिशतले घटेको छ भने प्राइम कमर्सियल बैंकको ३.३९, राष्ट्रिय वाणिज्य बैंकको १९.९८, नेपाल इन्भेष्टमेन्ट बैंकको १२.९९, नेपाल बैंक ३.०७, कुमारी ०.३२, प्रभु १६.९१, सानिमा १४.२०, नेपाल बंगलादेश बैंक ३२.१८, बैंक अफ काठमाडौं (बीओके) २५.५३ र लक्ष्मी बैंकको नाफा ३३.३१ प्रतिशतले घटेको हो ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार