बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • खप्तडछान्ना : कांग्रेसबाट अध्यक्षका लागि ११ जनाको नाम सिफारिस, उपाध्यक्षमा ४ जना
Breaking News

खप्तडछान्ना : कांग्रेसबाट अध्यक्षका लागि ११ जनाको नाम सिफारिस, उपाध्यक्षमा ४ जना

काठमाडौं । खप्तडछान्ना गाउँपालिकाको अध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट ११ जनाको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेसको सिफारिस समितिले गाउँपालिकाका वर्तमान अध्यक्ष बर्कबहादुर रोकायासहित ११ जनाको नाम सिफारिस गरेको हो ।

मंगलबार खप्तडछान्नामा बसेको नेपाली कांग्रेसको बैठकले अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष बर्कबहादुरसहित डम्मर बहादुर रोकाया, रणबहादुर सिंह, नन्दराज जोशी, रामबहादुर सिंह, उत्तमबहादुर रोकाया, दीर्घबहादुर थापा, लोकेन्द्रबहादुर रोकाया, जगतबहादुर थापा, धीराकुमारी खत्री र कृष्णबहादुर रोकाया गरी ११ जनालाई सिफारिस गरेको पार्टी प्रवक्ता रमानन्द जोशीले बताए ।

प्रवक्ता जोशीका अनुसार गाउँपालिका उपाध्यक्षका लागि नेपाली कांग्रेसबाट ४ जनाको नाम सिफारिस गरेको छ । सिफारिस गरिएकामा कृष्णा थापा, अनिलकुमार रोकाया, लक्ष्मीदेवी जोशी र सरस्वतीदेवी सिंह रहेका छन् ।

गाउँपालिकाबाट समितिले आकांक्षीलाई सिफारिस गरेपछि जिल्ला कार्यसमितिले अध्यक्ष तथा उपाध्यक्ष पदका लागि १÷१ जना उम्मेदवार बनाउने छ । ‘खप्तडछान्ना गाउँपालिकामा गठबन्धन नबनाउने देखियो,’ प्रवक्ता जोशीले भने, ‘अब सबै पार्टीले स्वतन्त रूपमा प्रतिस्पर्धा गर्नेछन् ।’ उनका अनुसार वडाका लागि भोलि बुधबार सम्बन्धित वडाहरुमै बैठक बस्नेछ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार