बिहिबार, अशोज ३, २०८१
Breaking News

प्रगती

कम्मान रावल

म फूल्दै छु
तिमीलाई,
बिस्तारै भुल्दै छु।

तिमी डुब्दै छौ,
म पनि,
बिस्तारै उत्रदै छु।

तिमी यो संसारमा छौ,
मैले विश्व परिक्रमा गरिसके।

तिमी अस्ताउदै छौ,
म उदाउँदै छु।

तिम्रो शरीरभित्र आत्मा छ,
मेरो आत्मा भित्र म छु।

अंँह,
मेरो आखामा तिमी छैनौं,
आखामा आँसु पनि छैन,
बरु ओठले हाँसो पाएको छ,
मैले हाँस्न पाएको छु।

धन्यवाद तिमीलाई,
यो सब,
तिमिले छोडेपछिको प्रगती हो।।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार