बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • खप्तडछान्ना : एमालेबाट अध्यक्ष पदका लागि ६ जना र उपाध्यक्षका लागि ५ जनाको नाम सिफारिस
राजनीति

खप्तडछान्ना : एमालेबाट अध्यक्ष पदका लागि ६ जना र उपाध्यक्षका लागि ५ जनाको नाम सिफारिस

काठमाडौं । आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि खप्तडछान्ना गाउँपालिकाबाट नेकपा एमालेले अध्यक्ष पदका लागि ५ जनाको नाम रिफारिस गरेको छ । शुक्रबार बसेको सहजीकरण समितिको बैठकले अध्यक्ष पदका लागि ६ जना र उपाध्यक्षका लागि ५ जनाको नाम सिफारिस गरेको हो ।

नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा अखिल नेपाल महिला संघ बझाङकी अध्यक्ष देवकी जोशीका अनुसार खप्तडछान्ना गाउँपालिकाबाट अध्यक्ष पदका लागि कलक खत्री, डबल बोगटी, पंकज भण्डारी, किरण गिरी, लोकेन्द्रबहादुर सिंह र हिक्मत खत्रीलाई सिफारिस गरेको छ ।

उपाध्यक्षका लागि देवकी जोशी, बुनु रोकाया, बासु कार्की, लक्ष्मी रावल र विपना सिंहको नाम सिफारिस गरेको नेकपा एमालेले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार