बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • सुदूरपश्चिम प्रदेशमा मतदान स्थल तथा केन्द्र थपिए
समाचार

सुदूरपश्चिम प्रदेशमा मतदान स्थल तथा केन्द्र थपिए

 

सुदूरपश्चिम प्रदेशमा २६ मतदान स्थल थपिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार प्रदेशका नौ जिल्लामा अब एक हजार १३५ मतदान स्थल कायम भएका छन् । यसअघिको निर्वाचनमा सुदूरपश्चिममा एक हजार १०९ मतदान स्थल रहेका थिए । सबैभन्दा बढी मतदानस्थल बैतडीमा थपिएका छन् । बैतडीमा गत निर्वाचन भन्दा नौ मतदान स्थल थप भएका छन् । गत निर्वाचनमा बैतडीमा १२० मतदानस्थल रहेकामा यस वर्ष १२९ कायम गरिएको छ ।
यस्तै बझाङमा आठ मतदान स्थल थपिएका छन् । बझाङ जिल्लामा गत निर्वाचनमा १२५ मतदान स्थल रहेकामा यस पटक १३३ कायम गरिएको छ । कैलालीमा पाँच स्थल थप भएका छन् । गत निर्वाचनमा कैलालीमा २३१ स्थान रहेकामा हाल २३५ स्थान रहेका छन् । डडेल्धुरामा तीन मतदान स्थल थप भएका छन् । डडेल्धुरामा यसअघि ७७ स्थल रहेकामा यसवर्ष ८० पुर्‍याइएको छ । अछाममा एउटा मतदानस्थल थप भएको छ । यसअघि अछाममा १२९ मतदान स्थल रहेकामा हाल १३० भएका छन् । डोटी, कञ्चनपुर, बाजुरा र दार्चुलामा भने मतदान स्थलमा थपघट भएको छैन । डोटीमा ११५, कञ्चनपुरमा १३२, बाजुरामा ७० र दार्चुलामा ११० मतदान स्थलहरु रहेका निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

यस्तै मतदान केन्द्र पनि थपिएका छन् । सुदूरपश्चिम प्रदेशमा गएको निर्वाचन भन्दा ३३२ मतदान केन्द्र थप भएका छन् । गएको निर्वाचनमा एक हजार सात सय ८१ मतदान केन्द्र रहेकामा यहीँ वैशाख ३० गते हुने निर्वाचनका लागि दुई हजार १०३ मतदान केन्द्र कायम भएका छन् । बाजुरा २० मतदान केन्द्र थप गरी ११२ पु¥याइएको छ । यसअघि बाजुरामा ९२ मतदान केन्द्र थिए । यस्तै अछाममा २०० मतदान केन्द्र पुगेका छन् । यसअघि १८५ केन्द्र रहेका थिए । बझाङमा रहेका केन्द्र १५४ बाट बढाएर १८३ पुर्‍याइएको छ । डोटीमा १७१ मतदान केन्द्र पुगेका छन् । यसअघि १५५ केन्द्र रहेका थिए ।

यस्तै, कैलाली जिल्लामा १२९ मतदान केन्द्र थप भएका छन् । यस जिल्लामा यसअघि ४९० केन्द्र रहेकामा हाल ६१९ पुगेका छन् । दार्चुलामा १२८ मतदान केन्द्रबाट १३९ पुगेका छन् । बैतडीमा १७४ मतदान केन्द्रबाट बढाएर दुई सय पाँच पुर्‍याइएको छ । डडेल्धुरामा ११० केन्द्र रहेकोमा हाल १२६ पुगेका छन् । कञ्चनपुर जिल्लामा यसअघि २९३ मतदान केन्द्र रहेकामा हाल ३४१ पुर्‍याइएको छ

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार