बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • खुल्ला चौरमा परीक्षा दिँदै भगवतीका विद्यार्थी
Breaking News

खुल्ला चौरमा परीक्षा दिँदै भगवतीका विद्यार्थी

काठमाडौं । डोटीको शिखर नगरपालिका-११ मल्लीसातमा रहेको भगवती आधारभूत विद्यालयमा विद्यार्थी खुल्ला चौरमा घुलोसँगै परीक्षा दिन बाध्य भएका छन् । विद्यालयमा बालकक्षादेखि ३ सम्मका विद्यार्थी खुल्ला चौरमा भुईमै बसेर परीक्षा दिइरहेका हुन् ।

विद्यालयमा कक्षा ४ देखि कक्षा ८ सम्मका ५० प्रतिशत विद्यार्थी पनि प्रयाप्त डेस्क नहुदाँ खुट्टामा नै पपेर राखी परीक्षा दिन बाध्य रहेको विद्यालयका शिक्षक रमेश बोहराले जनाए । उक्त विद्यालयमा मल्लीसात, किमाडा र ओलीगाउँका विद्यार्थी अध्ययनरत रहेका छन् । अहिले विद्यालयमा वार्षिक परीक्षा चलिरहेको छ ।

शिखर नगरपालिकाको वडा नं ११ मा माध्यमिक तहको विद्यालय नभएकाले सोही विद्यालयलाई मावि बनाउने भनि बेला बेला निरिक्षणको क्रममा शिखर नगरपालिकाका प्रमुख सीताराम जोशीले आश्वासन दिँदै आइरहेका छन् । तर, जोशीको ५ वर्ष कार्यकाल वित्नै लाग्दासमेत नगरपालिकाले विद्यालयका लागि आश्वासनबाहेक केही नगरेको स्थानीय बताउँछन् ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार