शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्काउटको मेधावी पदकबाट विभूषित
Breaking News

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्काउटको मेधावी पदकबाट विभूषित

 

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट सङ्गठन एसिया प्रशान्त क्षेत्रको ठूलो मानिने ‘मेधावी योगदान पदक’ प्रदान गरिएको छ । नेपाल स्काउटले आज बिहीवार आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई त्यो पदक प्रदान गरेकि हुन्।
प्रधानमन्त्री रहँदा नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवर्द्धनमार्फत बालबालिका तथा युवाको सर्वपक्षीय विकासमा पुर्‍याएको योगदानको कदर गर्दै ओलीलाई त्यो पदक प्रदान गरिएको हो । कार्यक्रममा राष्ट्रपति भण्डारीले शान्तिपूर्ण राजनीतिक यात्राका क्रममा लामो जेल जीवन बिताएर देशका लागि पूर्वप्रधानमन्त्री ओलीले दिनुएको योगदानप्रति ‘मेधावी योगदान पदक’ ले गौरव प्रदान गर्ने बताईन ।

पदक ग्रहणपछि अध्यक्ष ओलीले मानव कल्याणका लागि अझै गतिशील र सङ्गठित हुन स्काउटलाई आग्रह गर्दै चारित्रिक र नैतिक हिसाबले आदर्शवान् समाज निर्माणमा अग्रसर हुनुपर्ने बताए। स्काउटलाई अप्ठ्याराका साथीका रूपमा उनले चित्रण गरे । कार्यक्रममा नेपालका ज्येष्ठ स्काउट कलाकार प्रा. गोविन्दनारायण ज्यापुलाई पनि सम्मान गरिएको थियो । नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीका अनुसार अध्यक्ष ओली त्यो पदक प्राप्त गर्ने पहिलो नेपाली हुन् । नेपाल स्काउट ऐन २०५० ले प्रधानमन्त्रीलाई नेपाल स्काउटको संरक्षक हुने कानुनी व्यवस्था गरेको छ । प्रधानमन्त्रीकै रूपमा ओलीले विभिन्न स्काउट कार्यक्रममा सहभागिता जनाउनुका साथै ‘बालबालिकासँग प्रधानमन्त्री’ भन्ने कार्यक्रम सुरु गराएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार