बिहिबार, अशोज ३, २०८१
अर्थ

सुनको भाउ बढ्यो

 

आज सुनको भाउ बढेको छ । तोलामा आठ सय रुपैयाँले सुनको भाउ बढेको हो । मंगलबार सुनको भाउ तोलाको एक लाख ९ सय रुपैयाँमा पुगेको छ । हिजो एक लाख एक सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आएसँगै नेपाली बजारमा पनि भाउ बढेको हो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १३ सय ८० रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार