बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • एमालेको आमसभामा सहभागी एक किशोरको डुबेर मृत्यु
Breaking News

एमालेको आमसभामा सहभागी एक किशोरको डुबेर मृत्यु

आशिषबहादुर सिंह
बझाङ । नेकपा एमाले बझाङले आयोजना गरेको आमसभालाई हेर्न गएको छोरा घर फर्केर नआउदा कमलको घरमा यतिखेर रुवाबासी चलेको छ ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रम हेर्न आएका बित्थडचिर गाउँपालिका-४ मल्लाभताडाका १८ वर्षीय किशोर कमल बोहराको डुबेर मृत्यु भएको हो ।
बझाङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टका अनुसार आमसभास्थल नजिकै बाहुली गाडमा डुबेर बोहराको मृत्यु भएको हो । मृतक बोहरा पालिकाका एमाले नेता कार्यकर्तासँगै सदरमुकाम चैनपुर आएका थिए ।

एमालेको विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओली बझाङ आउने भएपछि एमालेले जिल्लाका १२ वटै पालिकाबाट नेता कार्यकर्ता तथा शुभचिन्तकहरु सदरमुकाम चैनपुर झारेको थियो ।

बृहत आमसभा सञ्चालन तथा नेताहरुको भाषण चलिरहँदा बाहुलीगाडको बगरमा गर्मी भएपछि बोहरालगायत केही युवाहरु खोलामा नुहाउन गएका थिए ।

खोलामा नुहाई रहेका बोहरा पौडी खेल्न नसकेर पानीमा ढिला समयसम्म डुबेपछि आमसभा स्थलका मान्छेहरु तथा प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार