बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि डोटीमा १६ मतदान केन्द्र थपिए
Breaking News

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि डोटीमा १६ मतदान केन्द्र थपिए

 

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि डोटीमा १६ मतदान केन्द्र थप भएका छन् । जिल्ला निर्वाचन कार्यालयडोटीले दिएको जानकारी अनुसार जिल्लामा अब एक सय ७१ मतदान केन्द्र कायम भएका छन् । गत निर्वाचनमा डोटीमा एक सय ५५ मतदान केन्द्र रहेका थिए । आयोगका अनुसार मतदान स्थलको संख्यामा भने एक सय १५ नै रहनेछ । गत निर्वाचनमा दिपायल सिलगढी नगरपालिकाभित्र २२ मतदान स्थलमा २६ मतदान केन्द्र रहेका थिए । हाल तीन केन्द्र थप गरि २९ पुर्‍याइएको छ ।

यस्तै शिखर नगरपालिकामा १६ मतदान स्थलमा २७ मतदान केन्द्र कायम गरिएको छ । यसअघि शिखरमा २५ मतदान केन्द्र रहेका थिए ।यसअघि पूर्वीचौकी गाउँपालिकामा मतदान स्थल १४, मतदान केन्द्र १९, आदर्शमा मतदान स्थल १४, मतदान केन्द्र १७ र सायल गाउँपालिकामा मतदान स्थल १० र मतदान केन्द्र १४ रहेका थिए । हाल पूर्वीचौकीमा २०, आदर्शमा १९ र सायलमा १५ मतदान केन्द्र कायम गरिएको छ ।यस्तै, गएको निर्वाचनमा के आई सिंह गाउँपालिकामा १० मतदान स्थलमा १४ मतदान केन्द्र, बोगटान फुड्सिल गाउँपालिकामा ११ मतदान स्थलमा १३ मतदान केन्द्र, जोरायल गाउँपालिकामा १० मतदान स्थलमा १७ मतदान केन्द्र र बडीकेदार गाउँपालिकामा आठ मतदान स्थल र १० मतदान केन्द्र रहेका थिए ।

हाल के आई सिंहमा १६, बोगटान फुड्सिलमा १४, जोरायलमा १९ र बडीकेदारमा १२ मतदान केन्द्र कामय भएका जिल्ला निर्वाचन कार्यालय, डोटीका सूचना अधिकारी दलवहादुर मलासीले जानकारी दिए ।बडीकेदार गाउँपालिका(४ डिकेवनको वडा कार्यालयमा रहेको मतदान केन्द्रलाई स्थानीय स्वास्थ्य चौकीको भवनमा सारिएको सूचना अधिकारी मलासीले बताए ।वडा कार्यालयमा केही समय पहिले अज्ञात समूहले आगजनी गरी भौतिक संरचना ध्वस्त भएका कारण स्वास्थ्य चौकी भवनमा सारिएको हो । जिल्लाका अन्य मतदान स्थल भने यथावत् रहेको मलासी बताउँछन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार