बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • सरकारले दीर्घ रोगीहरुका लागि ल्याएको कार्यविधी अपूर्ण
Breaking News

सरकारले दीर्घ रोगीहरुका लागि ल्याएको कार्यविधी अपूर्ण

दीपक भण्डारी
 संविधानले नै व्यवस्था गरेअनुसार नागरीकको स्वास्थ्यलाई मौलिक हकमा रुपमा राखिएकाले नागरीकको स्वास्थ्यको सुरक्षा गर्ने जिम्मेवारी सरकारको हो । यस कुरामा दुई मत छैन् । यसै जिम्मेवारीलाई बोध गर्दै सरकारले विभिन्न सरकारी स्वामित्वका अस्पताल तथा स्वास्थ्यचौकी निर्माण गरी विभिन्न स्वास्थ्य सेवाहरु जनताहरुलाई प्रदान गरी रहेको छ । यसैविच सरकारले विभिन्न खाले दीर्घ रोग लागेकाहरुका लागि भन्दै विभिन्न प्याकेज तथा सुविधाहरु ल्याउने गरेको छ । केही दिन अघि मात्रै अर्थात यही मिति २०७८ साल चैत १३ गते मृगौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक रकम दिने निर्णय ग¥यो । सरकारले मन्त्रीस्तरीय निर्णयबाट नै मृगौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई भत्ता दिनका लागि कार्यविधि नै तयार गरेको अवस्था छ । त्यो कार्यविधि भने सबै खाले मृगौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीका लागि नभएको पाइएको छ । २०७८ साल चैत १३ को मन्त्री स्तरीय निर्णय अनुसार पास भएको कार्यविधी २०७८ अनुसार मृगौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५०००/- औसधि खर्चदिदा खाईपाई आएको सामाजिक सुरक्षाभत्ता कटौती हुने निर्णय सरासर गलत छ ।
मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७८ को बुदा नं. ४ लाभग्राहीले पाउने औषधी उपचार बाफत अर्च भन्ने बुदामा भनिएको छ, “ नेपाल सरकारले तोकेको मासिक पाँच हजार रुपियाका दरले त्रैमासिक रुपमा महिनाको अन्तिम दिन स्थानीय तहले लाभग्राहीको बैंक खातामा जम्मा गर्नेछ । नेपाल सरकार वा नेपाल सरकारको पुर्ण वा अधिंकाश स्वामित्व भएको संस्था वा संगठन संस्थाबाट रोजगारी÷निवृत्तिभरण वा विदेशी सरकारबाट रोजगारी÷पेन्सन प्राप्त गरी रहेको व्यक्तिलाई यस निर्देशिका बमोजिम मासिक वृति उपलब्ध गराईने छैन् । त्यसगरी नेपाल सरकाबाट उपलब्ध गराईदै आएको ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, दलित भत्ता, पिछडिएको भ त्ता, अपांग भत्ता लगायत नेपाल सरकारबाट साविकमा पाई आएको सामाजिक सुरक्षा भत्ता वा यस निर्देशिका बमोजिम उपलब्ध गराईने मध्ये कुनै एक किसिमको भत्ता÷मासिक वृत्ति मात्र प्राप्त गर्न सक्नेछन् । त्यसैगरी यसै कार्यविधिमा उल्लेखित एकभन्दा बढी रोग लागेका व्यक्तिले दोहोरो गर्ने गरी यस किसिमको भत्ता प्राप्त गर्नै छैनन् । ”
के सरकारले सामाजिक सुरक्षा भत्ता, औषधी खर्च भनेर वितरण गर्दै आएको हो र ? औषधि खर्च उपलब्ध गराउदा सामाजिक सुरक्षा भत्ता कटौती गर्ने ? सरकारले सामाजिक सुरक्षा भत्ता नलिएका माथी उल्लेखित मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउने कि नगराउने ? यो कुरालाई गहन तरिकाले अध्ययन गरौँ , के यो कुरा सान्दर्भिक छ ? हो गरिबीको रेखामुनि भएकालाई मात्र उपलब्ध गराउने भन्न मिल्छ तर सामाजिक सुरक्षा भत्ता वा उपचार खर्चमध्ये एउटा मात्र पाउने भन्न मिल्दैन । र अर्को कुरा राज्यले जनतालाई उपचार र औषधि (स्वास्थ्य सेवा) निशुल्क गर्ने हो यसरी व्यक्तिगत रूपमा रकम वितरण गर्ने होईन । आगामी दिनमा यस्ता किसीमका जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने कार्य बिधी ल्याउदा र निर्णय गर्दा पर्याप्त छलफल गर्न आवश्यक देखिन्छ ।
मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७८ ल्याउदा समेत सरोकारवालासँग पर्याप्त छलफल नगरेको र सबैलाई न्याय हुने गरी नल्याईएकाले मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७८ को उचित संशोधन वा खारेजिको माग गर्दछु ।
                                                                                                        लेखक स्वयं स्पाईल कर्ड ईञ्जुरी पीडित हुन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार