बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा
Breaking News

नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा

 

नेपालले त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा प्रबेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा आज बिहीवार भएको खेलमा पपुवा न्युगिनी (पीएनजी०) लाई ३७ रनले हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा पुगेको छ । नेपालले दिएको दुई सय चार रनको लक्ष्य पछ्याएको पीएनजी १९ ओभर चार बलमा एक सय ६६ रनमा आलआउट भयो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय तीन रन बनायो ।

यस्तै आजको खेलमा करण केसीले कीर्तिमान बनाएका छन् । उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने पहिलो नेपाली खेलाडी बनेका छन् । २० औँ ओभरमा बलिङ गर्न आएका करणले ओभरको दोस्रो, तेस्रो र चौथौ बलमा लगातार विकेट लिएर ह्याट्रिक पूरा गरेका हुन् । लगातार तेस्रो जितसँगै नेपाल एक खेलअघि नै फाइनलमा पुगेको हो । अब नेपालले पर्सि शनिवार मलेसियासँग खेल्नेछ । फाइनल खेल भने आउँदो सोमवार हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार