बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • शेयर बजार आज बिहीवार ओरालो
अर्थ

शेयर बजार आज बिहीवार ओरालो

 

कारोबार हुने हप्ताको अन्तिम दिन शेयर बजार आज बिहीवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ९५ अङ्कले घटेर दुई हजार पाँच सय ४४ दशमलव ३० विन्दुमा झरेको छ । आज व्यापारबाहेक अरू सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
यस्तै दुई सय २८ कम्पनीका ३७ लाख ८७ हजार कित्ता शेयर एक अर्ब ८९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै इमर्जिङ नेपाल कम्पनीको नौ करोड २३ लाख रुपैयाँको शेयर किनबेच भयो । आज नारायणी विकास बैंक र युनाइटेड मोदी जलविद्युत् कम्पनीको शेयर साढे चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि राष्ट्र उत्थान र नेष्डो समृद्ध लघुवित्त तथा इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार