बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • चिनियाँ विदेशमन्त्रीद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चाबी हस्तान्तरण
Breaking News

चिनियाँ विदेशमन्त्रीद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चाबी हस्तान्तरण

पोखरा । चीनले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चाबी नेपाललाई हस्तान्तरण गरेको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले शनिबार साँझ परराष्ट्रमन्त्री डा. नारायण खड्कामार्फत् उक्त चाबी नेपाललाई हस्तान्तरण गरेका हुन् । विदेशमन्त्री वाङ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री देउवालाई भेट्न चिनियाँ विदेशमन्त्री उनको निवास बालुवाटार पुगेका हुन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य नसकिँदै चीनले नेपाललाई हस्तान्तरण गरेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम ९३ प्रतिशतमात्रै सकिए पनि विदेशमन्त्री वाङले नेपाल भ्रमणमा आएको अवसर पारेर विमानस्थलको साँचो हस्तान्तरण गरेका हुन् । बाँकी ७ प्रतिशत काम सकिएपछि मात्रै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान कार्य सुरु हुनेछ ।

अरनिको राजमार्गको मर्मत तथा सम्भार परियोजना, नेपालको रेल क्षेत्रमा बढाउने सहयोग, नेपालबाट चीनमा प्रशोधित सुक्खा घाँस निर्यातको सुरक्षा र स्वास्थ्य अवस्थासम्बन्धी प्रोटोकल, नेपालमा काम गर्न चिनियाँ मेडिकल टोली पठाउने प्रोटोकल लगायतका विषयमा सम्झौता भएको छ । २५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा रहेका वाङले भोलि राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने कार्यक्रम छ ।

भेटघाटलगत्तै भोलि दिउँसो ३ बजे वाङ चीन फर्कने कार्यक्रम रहेको छ। यसैबीच नेपाल र चीनबीच नौबुँदे समझदारी पत्रमा हस्ताक्षर पनि भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार