बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • अस्ट्रेलियाले टेस्ट शृङ्खला जित्यो
Breaking News

अस्ट्रेलियाले टेस्ट शृङ्खला जित्यो

 

अस्ट्रेलियाले पाकिस्तानसँगको टेस्ट शृङ्खला जितेको छ । तेस्रो तथा अन्तिम टेस्टमा पाकिस्तानलाई एक सय १५ रनले हराउँदै अस्ट्रेलियाले एक–शून्यले शृङ्खला जितेको हो । लाहोरमा टेस्ट जित्न तीन सय ५१ रनको लक्ष्य पछ्याएको पाकिस्तान दुई सय ३५ रनमा अलआउट भयो । योसँगै अस्ट्रेलियाले ११ वर्षपछि एसियामा कुनै टेस्ट शृङ्खला जितेको छ । यसअघि अस्ट्रेलियाले सन् २०११ मा श्रीलङ्कालाई एकशून्यले हराउँदै टेस्ट शृङ्खला जितेको थियो ।

यस्तै पाकिस्तानलाई अस्ट्रेलियाले तेस्रो पटक उसैको घरमा हराएको हो । यसअघि भएको दुई वटै टेस्ट बराबरीमा सकिएको थियो । यी दुईबीच अब तीन खेलको एकदिवसीय शृङ्खला र एउटा टी–२० हुनेछ । पाकिस्तान भ्रमणमा रहेको अस्ट्रेलिया झन्डै २५ वर्षपछि त्यहाँ पुगेको हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार