बिहिबार, अशोज ३, २०८१
Breaking News

भिन्नता

कम्मान रावल

उ पसिना पिउछ,
उ मेहनतको फल खान्छ,
म पानी पिउछु,
म खाना खान्छु,
उ फ़ुर्तिलो छ,
म अलि अल्छि छु।

उ समाचार सुन्न,
रेडियो खोल्छ,
मेरो ओछ्यानमै,
पत्रीका आउँछ।।

उ खाना बनाउछ,
खान्छ,
काम गर्न निस्कन्छ,
मेरो लागि खाना आउँछ,
खान्छु,
आराम गर्न मन लाग्छ।।

म होटेलमा खान्छु,
उ घरमा खान्छ,
म कुर्सीमा बस्छु,
उ भुइँमा बस्छ,
मलाई सुत्न बिस्तारा चाहिन्छ,
उ परालमा सुत्छ।

उसलाई भोक,
मीठो लाग्छ,
मलाई खाना,
उ भोलिको लागि सोच्छ,
म आजको लागि मात्र।

त्यसैले त,
उ असीमित छ,
म सिमित छु,
उ फल खान्छ,
म खाना खान्छु।।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार