शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • कोभिड १९ को सङ्क्रमण दर फेरि बढ्दै
Breaking News

कोभिड १९ को सङ्क्रमण दर फेरि बढ्दै

कोभिड १९ (कोरोना भाइरस) को सङ्क्रमण दर फेरि बढ्न थालेको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले सतर्क रहन आग्रह गरेको छ । विश्वका कतिपय देशमा सङ्क्रमण दर बढ्न थालेको भन्दै सङ्गठनले कोरोना भाइरसप्रति सजग भनेको हो । एक महिना जति कोरोना सङ्क्रमण दरमा कमी आएको भए पनि पछिल्लो हप्ता केही देशमा फेरि बढ्न थालेको छ । सङ्गठनका प्रमुख डा. टेड्रोस अदानोम गेब्रिएसएसले कतिपय देशमा परीक्षण कम भएकाले कोरोना सङ्क्रमितको सङ्ख्या पनि कम देखिएको हुन सक्ने भएकाले त्यो झन् घातक हुन सक्ने बताए । सङ्गठनका अनुसार कतिपय देशमा खोपबारे गलत सूचना फैलाएर र कतिपय देशमा पहुँच नपुगेकाले कोरोनाको थप जोखिम बढ्दै गएको जनाईएको छ ।
पछिल्लो हप्ताको तुलनामा विश्वमा कोरोनाको नयाँ सङ्क्रमण दर आठ प्रतिशतले बढेको छ । गएको ७ देखि १३ मार्चको अवधिमा मात्र विश्वमा ४३ हजार जनाको कोरोनाका कारण ज्यान गइसकेको छ । एक करोड १० लाख नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो समय चीन र दक्षिण कोरियामा कोरोनाको सङ्क्रमण धेरै देखिएको छ । यी देशमा २५ देखि २७ प्रतिशतले सङ्क्रमित बढेका छन् । यस्तै अफ्रिकामा १२ प्रतिशतले नयाँ सङ्क्रमित थपिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार