बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • परिचयपत्रको काम वडा तहबाटै हुने
Breaking News

परिचयपत्रको काम वडा तहबाटै हुने

बैतडीमा राष्ट्रिय परिचयपत्रको काम वडा तहबाटै हुने भएको छ। यसअघि जिल्ला प्रशासनमा हुँदै आएको परिचयपत्र विवरण संकलनको काम अब वडा तहबाटै विवरण संकलन गरिने भएको हो। दुई चरणमा सञ्चालन हुने उक्त कार्यक्रम पहिलो चरणमा यही चैत ६ गतेबाट शुरु हुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। दश स्थानीय तह रहेका बैतडीका चार स्थानीय तहमा पहिलो चरणमा उक्त कार्यक्रम सञ्चालन हुनेछ। पहिलो चरणमा शिवनाथ गाउँपालिका, सिगास गाउँपालिका, डिलाशैनी गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका वडामा विवरण संकलनको काम सञ्चालन हुने सूचना अधिकारी भारतीले बताए। उनले भने, ‘एक पालिकामा कम्तिमा १५ दिनसम्म कार्यक्रम सञ्चालन हुन्छ, प्रत्येक वडामा कर्मचारी खटाएर विवरण संकलन गर्छौं। विवरण संकलनका लागि कर्मचारी वडा कार्यालयमै खटाइनेछ। जसका लागि ३५ जना विवरण दर्ता अपरेटर परिचालन हुनेछन्। विवरण संकलन गरिसकेपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्र जारी गर्ने र सो परिचयपत्र वडाबाटै वितरण हुने जनाइएको छ। पहिलो चरणमा चार स्थानीय तहको विवरण संकलन भएपछि त्यसपछि जिल्लाका अन्य स्थानीय तहका वडामा पनि विवरण संकलनको काम सञ्चालन हुनेछ। राष्ट्रिय परिचयपत्रका लागि १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता लिएका व्यक्तिको विवरण संकलन हुनेछ। यो बहुउपयोगी भएकाले आफ्नो नाम दर्ता गराउन प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको आग्रह गरे।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार