बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • ‘२ नम्बरी’ फिल्मको प्रदर्शन मिति घोषणा
Breaking News

‘२ नम्बरी’ फिल्मको प्रदर्शन मिति घोषणा

 

फिल्म ‘२ नम्बरी’मा पल शाहको स्थानमा अर्का अभिनेता सौगात मल्लको प्रवेश भएको छ । साथै, आगामी कात्तिक ४ गते तिहारको छेकोमा फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । प्रस्तुतकर्ता किरण नेपालीले चैत १५ गतेदेखि फिल्म छायांकन सुरु हुने बताए । कलाकार, पटकथा र निर्माताको लाइनअपमा हेरेफेर गरिएपछि फिल्मको पुनः छायांकन गर्न लागिएको हो । दुई वर्षअघि छायांकन सुरु गर्दा फिल्ममा पल शाहको मुख्य भूमिका थियो । तर कोरोना महामारीले छायांकन बीचमै रोक्नुपर्‍यो । पल यतिबेला प्रहरी हिरासतमा रहेकाले निर्माण टिमले उनको ठाउँमा अभिनेता सौगातलाई अनुबन्धित गरेको हो । सौगात आबद्ध भएसँगै फिल्मका मुख्य कलाकारको लाइनअप पूरा भएको छ । फिल्मका निर्देशक दीपेन्द्र लामा हुन् ।
फिल्ममा दयाहाङ राई, सौगात मल्ल, वर्षा राउत, उगेन छोदेन लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । चलचित्रले मित्रताको कथा प्रस्तुत गर्नेछ । फिल्ममा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ९दीपक मनाङे० र अमलादेवी राईको लगानी छ । कार्यकारी निर्माता सरोज नेपाली हुन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार