बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • ‘परस्त्री’ टिम छायांकनका लागि यतिवेला मुस्ताङमा
Breaking News

‘परस्त्री’ टिम छायांकनका लागि यतिवेला मुस्ताङमा

 

सुरज पाण्डेको निर्देशनमा बन्न लागेको पहिलो फिल्म ‘परस्त्री’को छायांकन शुरु भएको छ। ललितपुरको बगलामुखी मन्दिरमा आइतबार फिल्मको शुभमुहुर्तसँगै छायांकन शुरु भएको हो।

शुभमहुर्तपछि ‘परस्त्री’ टिम छायांकनका लागि यतिवेला मुस्ताङमा छ। फिल्मको गीत र केही दृश्य मुस्ताङमा छायांकन गरेर काठमाडौं फर्किने निर्माण टोलीले जनाएको छ। फिल्मको अधिकांश छायांकन काठमाडौंमै  हुनेछ।  दिपेन्द्र के खनालको लेखन रहेको फिल्ममा कोसिस क्षेत्री र शिल्पा मास्केको मुख्य भूमिका रहेको छ। डार्क थ्रिलर जनरामा बन्न लागेको फिल्म डीएस डिजिटलको ब्यानरमा बन्न लागेको हो। डीएस डिजिटलको ब्यानरमा बनेका ‘आमा’, ‘चङ्गा चेट’, ‘घर’ जस्ता फिल्म प्रदर्शन भइसकेका छन् भने ‘चिसो मान्छे’ प्रदर्शनको तयारीमा छ।

फिल्मलाई नेपालीसँगै हिन्दी भाषामा पनि प्रदर्शन गर्ने तयारीमा निर्माण टोली रहेको छ। फिल्म आउँदो कात्तिक ६ देखि प्रदर्शन हुनेछ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार