बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • पछिल्लो २४ घण्टामा नेपालमा ५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि
Breaking News

पछिल्लो २४ घण्टामा नेपालमा ५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

 

पछिल्लो २४ घण्टामा नेपालमा ५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार चार सय १८ जनाको नमुना परीक्षण गर्दा ५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप एक सय ४८ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६१ हजार दुई सय १८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । अहिले नेपालमा चार हजार आठ सय १९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा ९२ हजार ४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म नेपालमा एक करोड ८६ लाख २४ हजार एक सय ४६ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् । तीमध्ये एक करोड ८५ लाख दुई हजार एक सय १९ जनाले पूर्ण मात्रा र १७ लाख पाँच सय ८० जनाले बुस्टर डोज खोप लगाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार