बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • उत्तर एटलान्टिक सैन्य गठबन्धन (नेटो)प्रमुखद्वारा रुसले युक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्ने चेतावनी
Breaking News

उत्तर एटलान्टिक सैन्य गठबन्धन (नेटो)प्रमुखद्वारा रुसले युक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्ने चेतावनी

उत्तर एटलान्टिक सैन्य गठबन्धन (नेटो) प्रमुखले रुसले युक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्ने चेतावनी दिएका छन् । नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने र त्यो युद्ध अपराध हुने आज आइतवार जर्मन पत्रिकालाई दिएको अन्तर्वार्तामा बताए । उनले रुस–युक्रेन युद्धमा रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने जोखिमबारे बोले पनि यसबारे संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद् बैठकमा तर्कसङ्गत आधार प्रस्तुत नभएको रुसी स्रोतले बताएको छ ।
यसैबीच स्टोल्टेनबर्गले रुसले पछिल्ला दिनहरूमा युक्रेनले रासायनिक वा जैविक हतियार बनाइरहेको गलत सूचना फैलाएर आफूले त्यस्तो आक्रमणको तयारी गरेको हुन सक्ने जर्मन पत्रिकासँगको अन्तवार्तामा बताउनुभएको त्यो पत्रिकाले उल्लेख गरेको छ । रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ । त्यो आक्रमणमा झन्डै एक हजार तीन सय युक्रेनी सैनिकको ज्यान गएको युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार