बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • ‘हिजोआजका कुरा’को प्रदर्शन मिति तय
Breaking News

‘हिजोआजका कुरा’को प्रदर्शन मिति तय

कलाकार सन्तोष पन्तको अभिनय रहेको फिल्म ‘हिजोआजका कुरा’को प्रदर्शन मिति तय भएको छ । वितरण कम्पनी एफडी र बीके फिल्म्सका अनुसार साकार पन्त निर्देशित फिल्म आगामी असोज २८ गते रिलिज हुने भएको छ । यसअघि २०७७ वैशाख १२ गतेलाई प्रदर्शन मिति तोकेको यो फिल्म कोरोना महामारीका कारण सरकारले सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि स्थगित गरिएको थियो । आइतबार फिल्मको निर्माण पक्ष र वितरकको बैठकले फिल्मको प्रदर्शन मिति तय गरेको हो ।

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सन्तोष र साकारसहित रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिव्यदेव पन्त, रीमा विश्वकर्मा, जयनन्द लामा, जेविका कार्की लगायतको अभिनय छ ।

निर्माता रहेका सन्तोष पन्तले फिल्मको कथा लेखेका छन् । निर्देशक साकार सन्तोषका छोरा हुन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार