बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • चैत २५ गतेदेखि १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप लागाईने
Breaking News

चैत २५ गतेदेखि १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप लागाईने

 

सरकारले १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आउँदो चैतको २५ गतेदेखि वैशाखको १८ गतेसम्म एकै चरणमा देशैभरि अभियानकै रूपमा टाइफाइडविरुद्धको खोप दिने भएको हो । नेपालमा यसअघि नै टाइफाइडविरुद्धको खोप दिँदै आए पनि अभियानकै रूपमा भने पहिलो पटक सुरु गर्न लागेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । खोप लगाइदिने स्वास्थ्यकर्मीलाई तालिम दिनेदेखि अरू विभिन्न खालका प्राविधिक तयारीका काम भइरहेको अधिकारीले बताए ।उनका अनुसार विश्वका धेरै देशमा १५ वर्षमुनिका बालबालिकालाई यो खोप लगाइसकेको भए पनि नेपालमा भने पहिलो पटक लगाउन लागिएकाले तयारी तीव्र पारिएको हो । आउने चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म यो खोप अभियान सञ्चालन गरिसकेपछि बालबालिकालाई लगाइँदै आइएको नियमित खोप कार्यक्रममा नै यसलाई समेट्ने उनले बताए ।
खोपको उपलब्धताका साथै अरू विभिन्न खालको जटिलताका कारण नेपालमा यो खोप यस अगाडि प्रयोग गर्न सकिएको थिएन । केही समय अगाडि नेपालमा टाइफाइडविरुद्धको नयाँ खोपको क्लिनिकल ट्रायल सफल भएको थियो । कान्ति बाल अस्पताल, धुलिखेल अस्पताल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्ज मेडिकल कलेजमा तेस्रो चरणको ट्रायल गरिएको थियो । अब त्यही खोप बालबालिकालाई लगाइने भएको हो । नेपालमा ट्रायल गरिएकाले भर्खरै विकसित भएको खोप भनेर नबुझ्न र आफ्ना १५ वर्षमुनिका बालबालिकालाई ढुक्क भएर खोप लगाउन डा. अधिकारीले आग्रह गरे । खोप अभियान सञ्चालनका लागि अहिले विभिन्न पालिकाहरूले विद्यार्थीको विवरण माग गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार