आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • नेपाल बार एसोसिएसनको २५ सदस्यीय कार्यसमितिका लागि ७५ जनाको उम्मेदवारी
Breaking News

नेपाल बार एसोसिएसनको २५ सदस्यीय कार्यसमितिका लागि ७५ जनाको उम्मेदवारी

 

नेपाल बार एसोसिएसनको २५ सदस्यीय कार्यसमितिका लागि ७५ जनाले उम्मेदवारी दिएका छन् । बुधबार प्रकाशित अन्तिम नामावली अनुसार अध्यक्षमा मात्र ८ जनाको उम्मेदवारी परेको छ । यसपटक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी निकट कानुन व्यवसायीले संयुक्त प्यानल बनाएर उम्मेदवारी दिएका छन् । नेकपा एमाले निकट कानुन व्यवसायी एक्लै प्रतिस्पर्धामा उत्रिएको छ । सत्तारुढ दल निकट प्यानलबाट अध्यक्षमा नेपाली कांग्रेस निकट गोपालकृष्ण घिमिरे र एमाले निकट प्यानलबाट अध्यक्षमा विष्णुमणि अधिकारी उम्मेदवार बनेका छन् । अध्यक्षमा उमेशचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष्ठ, अनिता जधारी, कमलप्रसाद मलेगो, पृथ्वीनाथ राई, अमिता लक्ष्मी सैंजु श्रेष्ठले पनि उम्मेदवारी दिएका छन् ।अध्यक्षका उम्मेदवार पृथ्वीनाथ राईको समूहले विभिन्न ११ पदमा उम्मेदवारी दिएको छ ।
त्यस्तै अनिता जधारीको समूहले विभिन्न चार पदमा उम्मेदवारी दिएको छ । सातवटा प्रदेशबाट एक–एक र महिला एक गरी आठ उपाध्यक्ष पदमा प्रत्येक प्रदेशमा दुईदेखि चार जनाको उम्मेदवारी परेको छ । एक जना महासचिवका लागि ६ जनाको उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धन निकट कानुन व्यवसायीको प्यानलबाट माओवादी केन्द्र निकट कानून व्यवसायी अञ्जिता खनाल उम्मेदवार बनेकी छन् । एमाले निकट कानुन व्यवसायीले केदारप्रसाद कोइरालालाई उम्मेदवार बनाएको छ । कांग्रेस निकट कानुन व्यवसायी इन्द्रबहादुर अधिकारीले पनि महासचिवमा उम्मेदवारी दिएका छन् । एक जना कोषाध्यक्षका लागि जगतबहादुर कार्की, गोविन्दराज उपाध्याय र भरतबहादुर राउतको उम्मेदवारी परेको छ । कार्की एमाले निकट हुन् भने सत्ता गठबन्धनका उम्मेदवार राउत हुन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार