बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • पेट्रोलियम कारोबार गर्ने तीन वटै निजी क्षेत्रका संस्थाले ढुवानीदेखि बिक्रीसम्मको कारोबार ठप्प पार्ने
समाचार

पेट्रोलियम कारोबार गर्ने तीन वटै निजी क्षेत्रका संस्थाले ढुवानीदेखि बिक्रीसम्मको कारोबार ठप्प पार्ने

पेट्रोलियम कारोबार गर्ने तीन वटै निजी क्षेत्रका संस्थाले ढुवानीदेखि बिक्रीसम्मको कारोबार ठप्प पार्ने आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । व्यवसायीले पाउँदै आएको कमिसन निगम सञ्चालक समितिले कटौती गरेको भन्दै नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्याँस उद्योग संघ आन्दोलित भएका हुन् । सोमबार एक संयुक्त विज्ञाप्ति जारी गर्दै तीन वटै संस्थाले कमिसन कटौतीको निर्णय फिर्ता नभए चैत ६ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गर्ने घोषणा गरेका हुन् ।
व्यवसायीले घोषणा गरेको आन्दोलन अन्तर्गत चैत ६ गते ग्याँस उद्योगीले निगमबाट ग्याँस खरिदको अग्रिम अनुमति नलिने, चैत १० गतेदेखि रिफाइनरीबाट ग्याँस ढुवानी रोक्ने र १४ गतेबाट ग्याँसको भन्सार नछुटाउने जस्ता कार्यक्रमहरु छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार