बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • प्रधानमन्त्रीले अर्थतन्त्रको पछिल्लो अवस्थाबारे अर्थमन्त्री शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीबाट ब्रिफिङ लिए
Breaking News

प्रधानमन्त्रीले अर्थतन्त्रको पछिल्लो अवस्थाबारे अर्थमन्त्री शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीबाट ब्रिफिङ लिए

 

प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रको पछिल्लो अवस्थाबारे अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट ब्रिफिङ लिएका छन् । सोमबार बिहान वालुवाटारमा प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीसँग करिब २ घण्टा छलफल गरेका छन् । १० बजेबाट सुरु भएको छलफलमा अर्थतन्त्रको पछिल्लो अवस्थाबारे कुराकानी भएको अर्थमन्त्री शर्माको सचिवालय स्रोतले जनाएको छ । ‘पछिल्लो अवस्था र नेपालले बढी सतर्क हुनु पर्ने क्षेत्रबारे विस्तृतमा छलफल भएको छ,’ स्रोतले भन्यो ।
अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच राम्रो सम्बन्ध नभएको टिप्पणी समेत भइरहेको सन्दर्भमा प्रधानमन्त्रीले दुवै निकायको समन्वय र सहकार्यबाटै संकटबाट पार लगाउन सकिने सुझाव दिएको समेत बताइएको छ । ‘दुई निकायबीच राम्रो सम्बन्ध रहनुपर्छ भन्ने सन्देश दिन समेत आजको छलफल भएको हुनसक्छ,’ स्रोतको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार