शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • निर्वाचन आयोगद्वारा १५ चैतदेखि कर्मचारी सरुवा तथा पदस्थापन नगर्न सरकारलाई आग्रह
Breaking News

निर्वाचन आयोगद्वारा १५ चैतदेखि कर्मचारी सरुवा तथा पदस्थापन नगर्न सरकारलाई आग्रह

 

निर्वाचन आयोगले १५ चैतदेखि कर्मचारी सरुवा तथा पदस्थापन नगर्न सरकारलाई आग्रह गरेको छ । ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने तयारीमा जुटेको निर्वाचन आयोगले कर्मचारी सरुवा तथा पदस्थापनका लागि समयसीमा तोकेको हो । आयोगले १५ चैत अगावै संघ, प्रदेश र स्थानीय तहमा खटिएका कर्मचारीहरुलाई पदाधिकार रहेकै कार्यालयमा फिर्ता गर्न र यस्तो स्थानमा स्वीकृत दरवन्दीको पद र तह अनुसारको कर्मचारी सरुवा÷पदस्थापन गरी सक्ने भनेको छ ।
स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत रिक्त भए सरुवा÷पदस्थापन गर्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ । स्वीकृत दरवन्दीको तह र पदनाम बमोजिम सरुवा÷पदस्थापन भएका कर्मचारीलाई स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्म अन्यत्र काज तथा सरुवा नगर्न सरकारलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु १५ चैत अगावै स्वीकृत पदको तह र पदनाम बमोजिम सरुवा÷पदस्थापन गरिसक्नुपर्ने निर्वाचन आयोगको निर्णय छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार