शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • अनुसन्धानकर्ताद्वारा प्लास्टिकका कारण भइरहेको प्रदूषणले निम्त्याएको चुनौती जलवायु परिवर्तन सरह रहेको निश्कर्ष
Breaking News

अनुसन्धानकर्ताद्वारा प्लास्टिकका कारण भइरहेको प्रदूषणले निम्त्याएको चुनौती जलवायु परिवर्तन सरह रहेको निश्कर्ष

विश्वभरि प्रयोग हुँदै आएको प्लास्टिकमध्ये झण्डै नौ प्रतिशत मात्रै पुनः प्रयोग भएको पाइएको छ ।आर्थिक तथा विकास सहकार्य संगठन ओइसीडीले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार विश्वभरि सन् २०१९ मा चार सय ६० मिलियन टन प्लास्टिक प्रयोग भएको थियो । यो परिणाम सन् २००० को भन्दा झण्डै दोब्बर भएको पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रयोगमा आएकोमध्ये १९ प्रतिशत प्लास्टिक जलाउने गरेको पाइएको छ । अरु ५० प्रतिशतभन्दा धेरै प्लास्टिक माटो र पानीमा मिसिने गरेको छ । विश्वभरी प्लास्टिकको प्रयोग सन् २०२० मा भने अघिल्लो वर्षको तुलनामा २ दशमलव २ प्रतिशतले घटेको छ ।अनुसन्धानकर्ताले प्लास्टिकका कारण भइरहेको प्रदूषणले निम्त्याएको चुनौती जलवायु परिवर्तन सरह रहेको निश्कर्षसहित उत्पादन तथा प्लास्टिकजन्य फोहोरको मात्रा कम गर्नका लागि बाध्यकारी सन्धि हुनुपर्नेमा जोड दिदै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार