शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै,४० प्रतिशत भाषा सङ्कटमा
Breaking News

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै,४० प्रतिशत भाषा सङ्कटमा

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र सङ्घ महासभाले सन् १९९९ मा घोषणा गरेपछि सन् २००० देखि फेब्रुअरी २१ तारिखलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरेको हो ।दिवस मनाइरहँदा भाषा संरक्षणमा भने चुनौती थपिँदै गएको छ । मातृभाषाको संरक्षणका लागि गरिएका प्रयासहरु पर्याप्त हुन सकेका छैनन् ।
अध्ययन अध्यापनमा मातृभाषालाई माध्यमका रुपमा प्रयोग नगरिँदा मातृभाषाको संरक्षण कार्य कठिन बन्दै गएको जानकारहरुले बताएका छन् ।२०६८ को जनगणना अनुसार नेपालमा १ सय २३ वटा भाषा बोलिन्छ । यो सङ्ख्या सम्पूर्ण युरोपमा बोलिने भाषाको सङ्ख्याभन्दा पनि बढी हो । मातृभाषा भनेको मानिसको सभ्यता र संस्कारको सम्वाहक हो ।मातृभाषा विना कुनै पनि देशको सांस्कृतिक एकता कल्पना गर्न सकिँदैन । नेपालमा बोलिने झण्डै ४० प्रतिशत भाषा सङ्कटमा परेका जनाईएको छ ।
आदिम समुदायका मातृभाष विद्यालयको प्रयोगमा नहुँदा र सार्वजनिक जीवनमा प्रयोगबाट समेत छुट्दै गएकाले यी भाषाहरु सङ्कटमा परेको भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले जानकारी दिए । उनकाअनुसार एक हजार जनाभन्दा कम वक्ता भएका नेपालका ३७ वटा भाषाको संरक्षणमा भाषा आयोगले काम सुरु गरेको छ । ३७ भाषामध्ये २३ भाषा सङ्कटापन्न अवस्थामा पुगेको छ ।

आयोगका अध्यक्ष अवस्थीले विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा यी भाषा संरक्षणका काम सुरु गरेको बताए । सङ्कटमा रहेका भाषामा राउटे, साम, मनाङे, धुलेसी, फाङ्दुवाली, सुरेल, मालपाँडे, खरिया, कुर्माली, बराम, लुङखिम, सधनी, कागते, वनकरिया, काइकेलगायत छन् । मातृभाषा संरक्षणमा तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा विज्ञले जोड दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार