बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • जि बब र माइलाको र्‍याप ब्याटललाई युट्युबमा एक करोडभन्दा बढी पटक हेरियो
Breaking News

जि बब र माइलाको र्‍याप ब्याटललाई युट्युबमा एक करोडभन्दा बढी पटक हेरियो

अल नेपाल थग फेमिली (एएनटिएफ)ले आयोजना गरेको ¥याप ब्याटल हुड बाजीमा भिडेका जि बब र माइलाको ब्याटललाई युट्युबमा एक करोडभन्दा बढी पटक हेरिएको छ। डेढ महिनाअघि सार्वजनिक भएको ¥याप ब्याटलमा शुक्रबार एक करोड भ्युज पुगेको हो। आठ वर्षअघि रअ बार्जमा भएको युनिक पोएट र लाउरेको ¥याप ब्याटल नेपाली हिपहप इतिहासकै सबैभन्दा चर्चित ब्याटल मानिन्छ। उक्त ब्याटललाई युट्युबमा १ करोड ८० लाखभन्दा बढी पटक हेरिएको छ। जि बब र माइलाको ब्याटल युट्युबमा एक करोडभन्दा बढी भ्युज पाउने दोस्रो नेपाली ¥याप ब्याटल बनेको हो।
एएनटिएफको दोस्रो राउण्डमा आमनेसामने भएका जि बब र माइलाको ब्याटल फेसबुक, इन्स्टाग्राम, टिकटकजस्ता सामाजिक सञ्जालमा पनि भाइरल भएको थियो। हिपहप संगीतका पारखीहरूले उक्त ब्याटललाई ऐतिहासिक ब्याटल मानेका छन्। सोही ब्याटलका कारण एनटिएफका अन्य ब्याटलमा पनि दर्शक आकर्षित भएका छन्। साथै‚ जि बब र माइलालाई नेपाली हिपहप संगीतका उदीयमान नक्षत्रको रूपमा पनि हेरिएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार