शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • शनिवारदेखि एकैसाथ ‘छिमेकी चरा’ एपको माध्यमबाट चरा गणनाको कार्य सुरु हुने
Breaking News

शनिवारदेखि एकैसाथ ‘छिमेकी चरा’ एपको माध्यमबाट चरा गणनाको कार्य सुरु हुने

कञ्चनपुरसहित देशका ६६ जिल्लामा भोलि शनिवारदेखि एकैसाथ ‘छिमेकी चरा’ एपको माध्यमबाट चरा गणनाको कार्य सुरु हुने भएको छ । नेपाल पक्षी संरक्षण सङ्घले एपमार्फत नेपालमै पहिलो पटक चरा गणनाको कार्य गर्न लागिएको हो । स्वयम्सेवक खटाएर एपमार्फत चरा गणनाको कार्य गरिन लागेको सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताए ।
’मोबाइलमा छिमेकी चरा एप स्वयम्सेवकले डाउनलोड गरी घर नजिकै, छरछिमेक, गल्ली, विद्यालय, पार्कलगायत क्षेत्रमा पाइने चराको फोटो खिचेर एपमा अपलोड गरी अभिलेखीकरणको कार्य हुन्छ, उनले भने, ’एपमै प्रदेश, जिल्ला, स्थानीय तह राखिएको छ, स्वयम्सेवकले आफू बसेकै ठाउँबाट चराको प्रजातिसँगै सङ्ख्यासहित एपमा फोटो अपलोड गर्छन् ।’ पहिलो चरणमा चरा गणनाको काम यही फागुन ७ गते स्वयम्सेवकमार्फत आधा घण्टा गरिने उनले बताए ।
’त्यसको नतिजा विश्लेषण गरी दोस्रो चरणमा कुन–कुन महिनामा चरा गणनाको कार्य गर्ने भन्नेबारे निर्क्योल हुन्छ’, उनले भने, ’स्वयम्सेवकले एपमार्फत पठाएका फोटोका आधारमा नतिजा स्थानीय सञ्चारमाध्यम र वर्डलाइफ नेपालको वेबसाइटमार्फत सार्वजनिक गरिने छ ।’ स्वयम्सेवक परिचालन गरी एपमार्फत चरा गणनाका लागि दुई महिना अघिदेखि तयारी थालिएको उनले जानकारी दिए । चरा गणनाका लागि एक हजारभन्दा बढी स्वयम्सेवक परिचालन गरिने जाईएको छ ।

यसअघि चरा गणनाका लागि चरा संरक्षणको क्षेत्रमा क्रियाशीललाई मात्रै समावेश गरिँदै आएकामा यसपटक स्थानीय बासिन्दालाई समेत समावेश गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार