शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • बेमौसमी वर्षाले धानबालीमा क्षति पुगेका किसानकालाई राहत रकम उपलब्ध गराउन सरकारद्धारा एक अर्ब रुपैयाँ निकासा
Breaking News

बेमौसमी वर्षाले धानबालीमा क्षति पुगेका किसानकालाई राहत रकम उपलब्ध गराउन सरकारद्धारा एक अर्ब रुपैयाँ निकासा

सरकारले बेमौसमी वर्षाले धानबालीमा क्षति पुगेका किसानलाई राहत रकम उपलब्ध गराउन एक अर्ब रुपैयाँ निकासा गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिबाट यकिन भइ आएका जिल्लामा मापदण्ड बमोजिमको आधार र प्रक्रिया पूरा गरी रकम उपलब्ध गराउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
मापदण्ड–२०७८ ले निर्धारण गरेको आधार र प्रक्रिया अनुसार राहत रकम उपलब्ध गराउन लागिएको हो । गएको कार्तिक महिना पहिलो हप्ता बेमौसमी वर्षाका कारण धानबालीमा क्षति पुगेको थियो । अर्थ मन्त्रालयबाट निकासा रकम केन्द्रीय विपद् व्यवस्थापन कोषमा ल्याइ धानबालीमा क्षति पुगेका ईलाम, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, सिरहा, बारा, रौतहट, मकवानपुर, रसुवा, काभ्रे, सिन्धुली, स्याङ्जा, कास्की, पर्वत, बर्दिया, दाङ, रोल्पा, पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, बाँके, प्युठान, हुम्ला, जुम्ला, कालीकोट, डडेलधुरा, बाजुरा, बैतडी, कञ्चनपुर र कैलालीका किसानलाई राहत उपलब्ध गराउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।ती जिल्लाका विपद् व्यवस्थापन कोषमा ८५ करोड चार लाख रुपैयाँ रकम निकासा भइसकेको गृह मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार