बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • नेपालबाट यूएई जाने यात्रुले अब विमानस्थलमा र्‍यापीड पीसीआर परीक्षण गर्न नपर्ने
Breaking News

नेपालबाट यूएई जाने यात्रुले अब विमानस्थलमा र्‍यापीड पीसीआर परीक्षण गर्न नपर्ने

नेपालबाट यूएई जाने यात्रुले अब विमानस्थलमा र्‍यापीड पीसीआर परीक्षण गर्न नपर्ने भएको छ । यूएईले पछिल्लो समय गरेको निर्णय अनुसार काठमाण्डौबाट दुबई यात्रा गर्ने यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको समयभन्दा ६ घण्टाभित्र गर्दै आएको ¥यापीड पीसीआर परीक्षण गर्न नपर्ने भएको हो । फागुन १ गतेदेखि नै यो नियम कार्यान्वयनमा आएको भन्दै अब यात्रुले विमानस्थलमा ¥यापीड पीसीआर गर्न नपर्ने एक विज्ञप्ति जारी गर्दै नेपाल एयरलाइन्सले जनाएको छ । विमानस्थलमा ¥यापीड पीसीआर परीक्षण गर्न नपरे पनि यूएई जानका लागि ४८ घण्टा भित्रको पीसीआर नेगेटिभ रिपोर्ट भने अनिवार्य नै छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार