बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार जनाभन्दा तल
Breaking News

नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार जनाभन्दा तल

नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार जनाभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा थप एक हजार आठ सय ३५ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार चार सय जनामा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।कोरोनाको तेस्रो लहरमा गएको माघको मध्यतिर सक्रिय सङ्क्रमितको सङ्ख्या झन्डै एक लाख जना पुगेको थियो । नेपालमा अहिलेसम्म नौ लाख ४२ हजार सात सय ३७ जना कोरोनाबाट निको भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ६ सय ८० जनामा सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, आरडीटी र एन्टिजेन गरी सात हजार ९५ जनाको नमुना परीक्षण गर्दा ६ सय ८० जनामा सङ्क्रमण देखिएको हो । यही अवधिमा थप दुई जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेकाे सङ्ख्या ११ हजार नौ सय दुई जना पुगेको छ । यसैबीच २४ घण्टामा थप ४३ हजार आठ सय ८१ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार