शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • नेपाल आयरल्यान्डसँग १६ रनले पराजित
Breaking News

नेपाल आयरल्यान्डसँग १६ रनले पराजित

चार देशीय टी(२० क्रिकेट शृङ्खला अन्तर्गत आज सोमवार भएको अन्तिम खेलमा नेपाल आयरल्यान्डसँग १६ रनले पराजित भएको छ । आयरल्यान्डले दिएको एक सय २८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरमा ९ विकेट गुमाएर एक सय ११ रनमा सीमित भएको हो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २८ र आसिफ शेखले २३ रन बनाए पनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ आयरल्यान्डका मार्क ऐडर, सिमी सिंह, बेरी म्याककार्थी र एन्डी म्याकब्रेनले दुई–दुई विकेट लिए । यसअघि अल अमिरातमा टस हारेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ओभरमा सबै विकेट गुमाएर एक सय २७ रन बनायो । आयरल्यान्डका लागि जर्ज डोकरेलले २८, कर्टिस च्याम्परले २० र कप्तान एन्डी बलविरनेईले १९ रन बनाए ।

बलिङतर्फ नेपालका लागि दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए । दीपेन्द्रले ४ ओभरमा २१ रन दिएर ४ विकेट लिए । यस्तै अभिनाश बोहराले दुई विकेट लिँदा कमल ऐरी, जितेन्द्र मुखिया र कप्तान सन्दीप लामिछानेले समान एक–एक विकेट लिए । यो शृङ्खलामा नेपालले तीन वटा खेल खेलेकोमा दुई खेलमा पराजित भएको छ । ओमानलाई हराएको नेपाल यूएई र आयरल्यान्डसँग पराजित भयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार