बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि मङ्गलवार बस्ने
Breaking News

नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि मङ्गलवार बस्ने

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि मङ्गलवार बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोगको प्रस्ताव दर्ता भएको विषय र अन्य विषया छलफल गर्न भोलि बिहान ९ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बोलाइएको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेसका सांसदसहित सत्ता गठबन्धनका आठ सांसदको हस्ताक्षरमा हिजो प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि त्यसलाई संसदीय समितिमा छलफलको विषय बनाइनुपर्ने माग कांग्रेसभित्र उठेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार