बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण १४ जनाको ज्यान गयो,
Breaking News

नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण १४ जनाको ज्यान गयो,

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण १४ जनाको ज्यान गएको छ । योसहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार आठ सय ७८ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक हजार एक सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २० हजार नौ सय ८९ जनाको नमुना परीक्षण गर्दा एक हजार एक सय २८ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो कुल परीक्षण गरिएका नमुनाको पाँच दशमलव ३७ प्रतिशत हो । यस्तै पछिल्लो २४ घण्टामा दुई हजार दुई सय १५ जना निको भएका छन् । अहिले नेपालमा २७ हजार चार सय ४१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ४५ हजार दुई सय ६५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार