शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • शेयर बजार परिसूचक नेप्से आज पनि घट्याे,
अर्थ

शेयर बजार परिसूचक नेप्से आज पनि घट्याे,

शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ । हिजो बुधवार २२ अङ्कले घटेको शेयर बजार आज बिहीवार ११ दशमलव ९६ अङ्कले घट्दै दुई हजार आठ सय एक दशमलव ५६ विन्दुमा झरेको छ । आज व्यापार, अन्य र म्याुचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा निर्जीवन बीमा, माइक्रोफाइनान्स, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज दुई सय २७ कम्पनीको ६९ लाख ५० हजार कित्ता शेयर तीन अर्ब २ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल टेलिकमको २५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो । आज मिथिला लघुवित्तको शेयर सबैभन्दा धेरै चार प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि नबिल इक्विटी फन्डको शेयर दुई दशमलव ७६ प्रतिशतले बढेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार