बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • गृह मन्त्री खाण र अर्थ मन्त्री शर्माबीच चुनाव लक्षित बजेटबारे छलफल,
Breaking News

गृह मन्त्री खाण र अर्थ मन्त्री शर्माबीच चुनाव लक्षित बजेटबारे छलफल,

गृह मन्त्री बालकृष्ण खाण र अर्थ मन्त्री जनार्दन शर्माबीच चुनाव लक्षित बजेटबारे छलफल भएको छ । गृह मन्त्रालयमा आज बुधवार भएको छलफलमा चुनाव लक्षित बजेटमा पनि विशेष गरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी) का लागि आवश्यक सवारी साधन र बन्दोबस्तीका सामानबारे कुराकानी भएको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सहसचिव डा. भीष्मकुमार भुसालले जानकारी दिए । सहसचिव भुसालका अनुसार अब गृह मन्त्रालयले भोलि बिहीवारसम्म चालुतर्फको समेत बजेट यकिन गरेर अर्थ मन्त्रालयमा पठाउनेछ । छलफलमा गृह सचिव टेकनारायण पाण्डे, अर्थ सचिव मधु मरासिनीसहित गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौलालगायतको सहभागिता थियो । गृह मन्त्री खाणले चुनावको कामलाई प्रभावकारी रूपमा अगाडि बढाउन अर्थ मन्त्री शर्मासँग छलफल गरे ।
अर्थ मन्त्री शर्माले चुनावमा अर्थ मन्त्रालयलाई परेको चापबारे अवगत गराउँदै अत्यावश्यक र गर्नैपर्ने विषयबारे जानकारी गराउन आग्रह गरेका थिए । गृह मन्त्री खाणले अर्थ मन्त्रालयलाई परेको दबाबबारे गृह मन्त्रालय सचेत रहेको र नभइ नहुने विषयवस्तुबारे अवगत गराइने जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार