नेपाली कांग्रेस संसदमा प्रतिपक्षमा बसेको थियो । दुइ तिहाइको बहुमत पाएको नेपाल कम्पुनिष्ट पार्टी नेकपाले सरकार चलाइरहेको बेला निरंकुशता देखाइरहेको सरकारलाइ संसदबाट नेपाली कांग्रेसले खबरदारी गरिरहेको थियो । संसदमा बलियो स्वर र प्रमाण देखाइरहेको कांग्रेसले नेकपाको सरकारलाइ बरालिन नदिन सक्दो प्रयासरत थियो । संसदमा हरेक दिन खबरदारीका स्वरहरू मध्येमा एक थियो प्रकाश रसाइलीको ।
प्रतिपक्षबिहीन जस्तै देखिएको कांग्रेसभित्र थोरै आवाजहरू यति बलिया थिए कि सरकारलाइ घुँडा टेकाइरहेका थिए । पुस्पा भूसाल, गगन थापा, प्रकाश रसाइली स्नेही, प्रदिप गिरी, मिनेन्द्र रिजालसहितका नेताहरूले संसद चलायमान बनाइरहेका थिए । त्यसैभित्र प्रकाश रसाइली सरकारका काम कारबाही र सरकार पक्षधर सांसद गलत कामको अलोचना व्यापक गरिरहेका थिए । उनको त्यो स्वर सुनेकाहरू सबै दलबाट पनि प्रकाशका शुभचिन्तक बनेका थिए ।
बझाङबाट समानुपातिकतर्फ सांसद बनेका रसाइलीको उपस्थितिले कांग्रेसभित्र मात्रै होइन, मुलुकभर नै अब्बल युवा नेताको छवि झल्काएको थियो । संसदमा गर्जिने त्यही अनुहार अहिले नेपाली कांग्रेसको केन्द्रीय सह महामन्त्री बनेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि बझाङबाट उम्मेदवारसमेत भएको छ । सुदूरलाइ दूर देख्नु हुँदैन भनेर खबरदारी गरिरहेको नेता प्रत्यक्ष निवार्चनमा होमिँदा धेरैले प्रशंसा गरिरहेका छन् । पूर्व र काठमाडाैँले दोस्रो नजरले हेर्ने सुदूरपश्चिम र त्यसैमा बझाङ जिल्लालाइ नयाँ उचाइमा पुर्याउन अहिले रसाइली मैदानमा छन् ।
दलित समुदायबाट उदाएका र इमानदारी छवि बनाएका रसाइलीले बझाङका १८ प्रतिशत दलित समुदायको आवाज मात्रै होइन । समग्र जिल्लाको विकासको रूपरेखा बन्न तल्लिन छन् । आफू एकपटक मात्रै सांसद बन्ने र जिल्ला बनाउन पनि आफ्नो पालामा निकै कसरत गर्ने उनको तयारी छ । जनतामाझ लोकप्रिय भइरहेका रसाइलीका चुनावी मुद्दा पनि धेरै अविश्वसनीय नभइ जनमैत्री र काम गर्न सकिने खालका छन् ।
बझाङका १२ वटै स्थानीय तह जयपृथ्वी र बुङ्गल नगरपालिका, मष्टा, खप्तडछान्ना, छबीसपाथिभेरा, थलारा, केदारस्युँ, बित्थडचिर, दुर्गाथली, सुर्मा, साइपाल र तलकोट गाउँपालिकाका विभिन्न वडामा उनको छवि लोकप्रिय छ । जताततै घरका पर्खाल, साना पसलका सटर र सार्वजनिक स्थलमा उम्मेदवारका पोस्टर छ्यापछ्याप्ती पारिएका छन् ।
सामान्य परिवारबाट उठेका रसाइलीले विद्यालय शिक्षासँगै राजनीति गरेका थिए । राजनीति पेशा नभइ सेवा भएको भन्ने प्रकाश साँच्चिकै आवाज बिहीनको प्रकाश बन्ने तयारीमा छन् ।
फेसबुक प्रतिक्रियाहरु