बझाङ । बझाङको जयपृथ्वी नगरपालिका–१०, चैनपुरमा साना होटल, लज र होमस्टे सम्बन्धी क्षमता विकास तालिम सम्पन्न भएको छ। नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्र संघ विकास कार्यक्रम –युएनडिपी र साहारा नेपाल बझाङको साझेदारीमा सञ्चालन भइरहेको दिगो पर्यटन परियोजना अन्तर्गत मंसिर २ गते देखि सुरु भएको तालिम आज सकिएको हो ।
तालिममा साईपाल हिमाल पदमार्ग क्षेत्रमा पर्ने साईपाल गाउँपालिका , तलकोट गाउँपालिका र जयपृथ्वी नगरपालिका–चैनपुर क्षेत्रका साना होटल, चिया पसल तथा होमस्टे व्यवसाय सञ्चालन गर्दै आएका २७ जनाकोे तालिममा सहभागीता रहेको थियो ।
तालिममा होमस्टे महासङ्घ नेपालका कोषाध्यक्ष सुरज बास्तोला र साहारा होटल व्यवस्थापनका सञ्चालक दीपक भट्टले प्रशिक्षण दिदै सहभागीहरूलाई दर्ता प्रक्रिया, व्यवसाय व्यवस्थापन, आतिथ्य सत्कार, सरसफाइ तथा स्थानीय उत्पादनमा आधारित पाक–कला सम्बन्धी सैद्धान्तिक र व्यवहारिक सीप प्रदान गर्नुभएको थियो ।
सहभागीहरूले तीन दिनको अवधिमा चिउराको पुलाउ, सुन्तला जुस , चिकेन चिल्ली, च्याँख्लाको खिर, बदाम सादेको लगाएत १६ परीकार बनाएका थिए । साहारा नेपालका कर्मचारी दिनेश रोकायाका अनुसार तालिमले सहभागीहरूलाई व्यवसायलाई दिगो, व्यवस्थित र पर्यटक–मैत्री ढंगमा सञ्चालन गर्न ठूलो टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रममा बोल्ने बक्ताहरूले होटल, होमस्टे सञ्चालन गरीरहेका व्यवसायी लाइ विश्व बजारमा अर्गानिक बस्तुको माग बढि भएकाले यो तालिम अति महत्वपुर्ण रहेकाले तालिममा सिकेका कुरा व्यवहारमा उतार्नुपर्ने बताएका छन् । साथै उद्यमी बन्न नसके आम्दानी गर्न नसकिने भएकाले आज गरेको व्यवसाय लाइ पुस्तान्तरण गर्न सके स्वदेशमा नै रोजगारी पाउन सकिने बताएका थिए ।
फेसबुक प्रतिक्रियाहरु