शनिबार, कार्तिक १६, २०८२
  • होमपेज
  • आइसीसी विश्वकप लिग-२ : नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य
समाचार

आइसीसी विश्वकप लिग-२ : नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य

काठमाडौं । आइसिसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृङ्खलाको तेस्रो खेलमा नेपालले अमेरिकालाई जितको लागि २७२ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ। दुबईको आइसिसी एकेडेमी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९.५ ओभरमा अलआउट हुँदै २७१ रन बनाएको हो ।

नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ७५ रन बनाए । उनले ६७ बलमा २ चौका र ३ छक्का प्रहार गरे । ओपनर ब्याटर कुशल भुर्तेलले ४७ रन बनाउँदा अर्का ओपनर आसिफ शेख २ रनमै बोल्ड आउट भए । तेस्रो क्रममा आएका भीम सार्कीले ४३ र कप्तान रोहित पौडेलले ३६ रन बनाए । करण केसीले महत्त्वपूर्ण ४९ रनको इनिङ्सले नेपाललाई २७० को आँकडा भेटाउन सहयोग गर्‍यो । सन्दीप लामिछाने ४ रनमा जित रहँदा ललित राजवंशी १ रनमा रनआउट भए ।

अमेरिकाको लागि हर्रमित सिंहले सर्वाधिक ३ विकेट लिए। सौरभ नेत्रवल्कर र नोस्तुस केन्जीगीले समान २-२ विकेट लिए। जसदीप सिंह र शुभम रञ्जनेले१-१ विकेट लिए । नेपालले जारी श्रृङ्खलाको पहिलो खेलमा अमेरिकासँग १०६ रनले पराजित भएको थियो। दोस्रो खेलमा नेपाल युएईसँग ५ विकेटले पराजित भयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै