शनिबार, भदौ २८, २०८२
  • होमपेज
  • बझाङ कारागारबाट भागेका कैदीको तीब्र खोजी, आत्मसमर्पण नगरे गोली हानेर नियन्त्रणमा लिने तयारी
Breaking News

बझाङ कारागारबाट भागेका कैदीको तीब्र खोजी, आत्मसमर्पण नगरे गोली हानेर नियन्त्रणमा लिने तयारी

बझाङ । बझाङ कारागारबाट भागेका कैदीको धमाधम खोजी भइरहेको छ । मंगलबार राति ९ः१५ बजे तिर जेल तोडेर भागेका कैदीबन्दीलाई नियन्त्रणमा लिन विभिन्न स्थानमा प्रहरी परिचालन गरेको छ ।

कारागारबाट भागेको ६५ जना कैदीबन्दीमध्ये २४ जनाले आत्मसमर्पण गरेर आइसकेको र बाँकी ४१ जनाको तीव्र खोजी भइरहेको कारागार प्रशासक राजेन्द्रबहादुर फराडाले बताए । उनका अनुसार कैदीबन्दीले आत्मसमर्पण नगरेर थप सजाय हुनेछ ।

जिल्ला कारागारमा रहेका ८५ जना कैदीबन्दीमध्ये १९ जनाले मात्रै कैद भुक्तान गर्नुपर्छ भनेर कारागारमै रहेका थिए । देशमा दुई दिनसम्म चलेको जेनजीको हिंसात्मक आन्दोलका कारण देखाउँदै जेल तोडेर भागेकाहरूलाई नियन्त्रणमा लिन विभिन्न ठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख खगेन्द्र धमलाले बताए ।

उनले कैदीबन्दीहरूले आत्मसमर्पण नगरे जहाँ भेट्यो त्यही बलपूर्वक गोली हानेर पनि नियन्त्रण लिने अवस्था आउन सक्ने हुँदा अहिले नै आत्मसमर्पण गर्न अनुरोध गरे । उनले भने, ‘हामीले खोजी कार्य तीव्र पारेका छौँ । अझै आत्मसमर्पण नगरे प्रहरीले बल प्रयोग गर्नैपर्ने हुन्छ ।’ प्रहरीले बलपूर्वक नियन्त्रणमा लिएको खण्डमा कैद भुक्तान समय पनि थपिने उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै