काठमाडौँ । जेन जेड ग्रुपका आन्दोलनकारीले राष्ट्रपति रामचन्द्र पौडेललाई ६ बुँदे मागसहित ज्ञापन पत्र बुझाउने तयारी गरेका छन् ।
राष्ट्रपतिद्वारा राष्ट्रको नाममा सम्बोधन गरी अन्तरिम सरकार गठनका लागि आव्हान गर्नुपर्नेदेखि अन्तरिम सरकारको नेतृत्वद्वारा निर्वाचन प्रणाली र संस्थागत सुधारको स्पष्ट कार्यदिशा सार्वजनिक गर्नुपर्ने मागसहित ज्ञापन पत्र बुझाउन लागेको त्रिभुवन विश्वविद्यालयका स्ववियु अध्यक्षका स्वतन्त्र उम्मेदवार उज्जल खड्काले बताए ।
मागहरूः
१. राष्ट्रपतिद्वारा यथाशीघ्र राष्ट्रको नाममा सम्बोधन गरि अन्तरिम सरकार गठनका लागि आव्हान गर्नुपर्ने ।
२. सरकारद्वारा हत्या गरिएको युवा विधार्थीहरुको सर्वोच्च अदालतका वहालवाला न्यायाधीशको नेतृत्वमा न्यायीक समिती निर्माण गरि छानवीन गर्नुपर्ने र सहिद घोषणा गर्नुपर्ने ।
३. सम्माननीय रास्ट्रपति र प्रधानसेनापतिले सहिद परिवारसंग छलफल र संवाद थाल्नुपर्ने ।
४. अन्तरिम सरकार गठन गर्दा आन्दोलनरत पक्ष र विज्ञहरु सहित समावेशीता कायम गर्नुपर्ने ।
५. विधिको शासन र लोकतान्त्रिक व्यवस्थाको सुनिश्चितता गर्नुपर्ने ।
६. अन्तरिम सरकारको नेतृत्वद्वारा निर्वाचन प्रणाली र सस्थागत सुधारको स्पष्ट कार्यदिशा सार्वजनिक गर्नुपर्ने ।
फेसबुक प्रतिक्रियाहरु