सोमवार, मंसिर १७, २०८१
  • होमपेज
  • कांग्रेसले खोस्यो सुर्मा–४, पुजारा निर्वाचित
समाचार

कांग्रेसले खोस्यो सुर्मा–४, पुजारा निर्वाचित

चैनपुर (बझाङ) । सुर्मा गाउँपालिका ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार धिरेन्द्र पुजारा निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लखिचन्द्र बोहरालाई १७० मतले पछि पार्दै कांग्रेसका पुजारा निर्वाचित भएका हुन् ।

पुजाराले ६५७ मत प्राप्त गर्दा एमालेका बोहराले ४८७ मत प्राप्त गरे भने माओवादी केन्द्रका उम्मेदवार पुष्कर बोहराले १७ मत मात्रै प्राप्त गरे । गत निर्वाचनमा विजयी एमालेका सर्जन बोहराको मृत्यु भएपछि यस वडामा उपनिर्वाचन भएको हो ।

अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवारले ६ सय २९ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले ६ सय ४ मत ल्याएका थिए । आइतबार भएको उपनिर्वाचनमा एक हजार ५५४ मतदाता रहेको सुर्मा ४ मा एक हजार १७८ मत खसेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार